Sunday, November 16, 2014

चिया सबैभन्दा उत्कृष्ट पेय पदार्थ भएको प्रमाणित गर्दै वैज्ञानिकहरुले चियाको नियमित सेवन गर्ने मानिस अल्पायुमा मर्ने जोखिम कम हुने तथ्य पत्ता लगाएका छन् ।
मुटु सम्बन्धि विभिन्न रोग बाहेकका कारण अल्पायुमै मर्ने खतरालाई चियाको सेवनले एक चौथाइले घटाउने वैज्ञानिक अध्ययनको निष्कर्ष छ ।


शोधकर्ताहरुका अनुसार कफी पिउनु भन्दा चिया पिउनु उत्तम हुन्छ । उनीहरुका अनुसार कफी नियमित पिउने लत लागेका हरु प्रायः अस्वस्थ तथा धूमपानका अम्मली समेत हुन्छन् ।
शोधकर्ताहरुका अनुसार चियामा हुने फ्लाभिनोइड तत्वका कारण यसले मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको हो । फ्लाभिनोइड एन्टीअक्सिडेन्ट हो, जो मुटुको स्वास्थ्यका लागि लाभदायी हुन्छ ।
फ्रान्सका वैज्ञानिकहरुले पेरिसको आइपिसी मेडिकल सेन्टरमा आएका रोगीहरुको ७ वर्षसम्म निरन्तर अध्ययन गरेका थिए । त्यसक्रममा १८ देखि ९५ वर्ष उमेर सम्मका १ लाख ३१ हृजार ४ सय १ जना सामान्य मुटुसम्बन्धि रोगीको अध्ययन गरिएको थियो ।

त्यसक्रममा कफी नियमित रुपमा पिउनेहरुले प्रायः धुम्रपान समेत गर्ने गरेको र उनीहरुमा मुटु सम्बन्धि समस्या बढि रहेको पाइयो । जबकी कफी नभै चिया पिउनेहरु शारीरिक रुपमा पनि सक्रिय पाइनुका साथै स्वस्थ पनि रहेको पाइयो ।
प्रमुख शोधकर्ता प्राध्यापक निकोलस डान्चिन भन्छन्, ‘यदि तपाइँले चिया र कफी मध्ये रोज्नु पर्यो भने अवश्यपनि चिया रोज्नुस् । ‘
चियाको सेवनले मुटुलाई स्वस्थ राख्नका लागि सघाउ पूराउने भएपनि उमेर तथा अन्य बानीव्यहोराका कारण यसको सकारात्मक प्रभावमा कमी आउने भन्दै शोधकर्ताहरुले भने मुटुरोग बाहेकका रोगहरुबाट हुने अल्पायु मृत्युको जोखिम भने चियाले कम गर्छ
महिलाको दिमागमा के चलिरहेको छ भन्ने कुरा थाहा पाउन मुस्किल छ भन्ने आम मानिसहरुको बुझाइ छ तर के पुरुषको दिमागमा चलिरहेको कुरा थाहा पाउनसजिलो छ त ? पक्कै पनि सजिलो छैन । पुरुषहरुले पनि आफ्नो मनमा त्यस्ता कुराहरु राख्ने गर्दछन् जसलाई जो कोहिले थाहा पाउन सक्दैनँ । यद्यपी आफूले केहि

नभनी आफ्नी महिलाले मनको कुरा बुझुन् भन्ने इच्छा हरेक पुरुषको हुने गर्दछ । यदि तपाईंको जीवनमा कोही पुरुष छन् र उनलाई बुझ्न निकै कठिन भइरहेको अवस्था छ भने अब ढुक्क हुनुहोस् । हामी तपाईंलाई यस्तो कुराको जानकारी दिँदैछौँ जसलाई पुरुषहरुले कहिले तपाईंलाई बताउँदैनन् तर तपाईंलाई थाहा होस् भन्ने चाहन्छन् ।   १. पुरुषलाई धेरै ठेस लाग्ने गर्दछः पुरुषहरु आफैँलाई निकै कुल र कुनै कुराको टेन्सन नभएको जस्तो देखाउन चाहन्छन् । साधारणतया पुरुषहरुलाई जब कुनै कुराले दुखी बनाएको हुन्छ उनीहरु त्यसको बारेमा सोचेर नबसी त्यसलाई छोडेर अगाडि बढ्ने गर्दछन् । तर यसको अर्थ यो होइन कि उनीहरुलाई उक्त कुराले तनावमा पारेको हुँदैन । दुखी हुँदा उनीहरु भित्र–भित्रै रुने गर्दछन् तर त्यसलाई आफ्नो अनुहारको हाउभाउमा व्यक्त हुन दिँदैनन् । आफ्नो पिडा र दुःख उनीहरु आफूमा मात्र सिमित राख्न चाहन्छन् ।     २. पुरुषहरु पनि हुन्छन् भावुकः पुरुषहरु पनि निकै भावुक हुने गर्दछन् । उनीहरु आफ्नो आँसु लुकाउनमा निकै सिपालु हुने भएका कारण उनीहरु कहिले पनि कसैको अगाडि रुँदैनन् विशेषगरि उनीहरु महिलाको अगाडि रुन चाँहदैनन् । तर यदि उनीहरु कहिलेकाँही निकै भावुक भएर रोएको खण्डमा त्यसलाई कहिले पनि हाँसोमा नउडाउनुहोला । तपाईंले उनको आँसुलाई हाँसोमा उडाउँदा एकछिन् उनीपनि तपाईंसँगै हाँस्नुहोला तर उनीहरु कहिले पनि आफ्नो आँसु मजाक भएको हेर्न चाहँदैनन् जसका कारण उनीहरुको मनमा तपाईंप्रति नकारात्मक भावना पैदा हुनसक्छ ।   ३. महिलाहरुमाथि नियन्त्रणः पुरुषहरु चाहन्छन् कि महिलाहरु उनीहरुको हरेक कुरा मानुन् । उनीहरुले चाहेको जस्तै व्यवहार गरुन् । उनीहरुलाई मनपर्ने –मननपर्ने कुराको बारेमा जानकार रहुन् । सबै मिलाएर भन्ने हो भने पुरुषहरु महिलालाई आफ्नो गिरफ्तमा राख्न चाहन्छन् चाहे त्यो बेडमा होस् वा अन्य कुनै व्यवहारिक जीवनमा ।     ४. भविष्यको चिन्ताः पुरुषहरुलाई आफ्नो भविष्यको केहि पनि चिन्ता नभएको जस्तो देखिएता पनि उनीहरु आफ्नो भविष्यको बारेमा निकै चिन्तित हुने गर्दछन् । उनीहरु भित्र–भित्रै आफ्ना भावी योजनाहरुको बारेमा बिचार–बिमर्स गर्ने गर्दछन् । हुनसक्छ तपाईंको साथी पनि तपाईंलाई उनको भविष्यको सपनाको बारेमा केहि कुरा भन्दैनन् किनभने उनी तपाईंसँग कसम खान डराउने गर्दछन् । कतै आफ्नो सपना पूरा हुने हो कि होइन भन्ने विषयमा पुरुषहरु निकै डराउने गर्दछन् ।     ५. पुरुषलाई चाहिन्छ स्पेसः पुरुषलाई आफ्नो स्वतन्त्रता निकै मनपर्छ । उनीहरु केहि समय आफैँसँग बिताउन चाहन्छन् । आफ्नो पार्टनर एक्लै अर्को कोठामा बसिरहेका छन् भने अन्यथा नसोची उनीहरुलाई केहि बेरको लागि एक्लै छोडिदिनुहोस् । यसो गर्नाले दिनभरी थाकेका उनी आफै थकानमुक्त हुने गर्दछन् ।     ६. गिफ्ट दिन कच्चाः कहिलेकाँही पुरुषहरुले महिलालाई जुन गिफ्ट दिन्छन् त्यो निकै बोरिङ हुने गर्दछ । यस्तो लाग्छ कि उनले केहि बिचारै नगरी यसलाई किनेका छन् तर यसको मतलब यो होइन कि उनले तपाईंलाई कम माया गर्छन् । गिफ्टको बारेमा निर्णय लिन महिलाहरु पुरुषभन्दा निकै राम्रा हुन्छन् । पुरुषहरु गिफ्टको बारेमा धेरै नसोची आफूलाई जे ठिक लाग्छ त्यहि किन्ने गर्दछन् ।