महिलाको दिमागमा के चलिरहेको छ भन्ने कुरा थाहा पाउन मुस्किल छ भन्ने आम
मानिसहरुको बुझाइ छ तर के पुरुषको दिमागमा चलिरहेको कुरा थाहा पाउनसजिलो छ त
? पक्कै पनि सजिलो छैन । पुरुषहरुले पनि आफ्नो मनमा त्यस्ता कुराहरु
राख्ने गर्दछन् जसलाई जो कोहिले थाहा पाउन सक्दैनँ । यद्यपी आफूले केहि
नभनी आफ्नी महिलाले मनको कुरा बुझुन् भन्ने इच्छा हरेक पुरुषको हुने गर्दछ ।
यदि तपाईंको जीवनमा कोही पुरुष छन् र उनलाई बुझ्न निकै कठिन भइरहेको
अवस्था छ भने अब ढुक्क हुनुहोस् । हामी तपाईंलाई यस्तो कुराको जानकारी
दिँदैछौँ जसलाई पुरुषहरुले कहिले तपाईंलाई बताउँदैनन् तर तपाईंलाई थाहा
होस् भन्ने चाहन्छन् । १. पुरुषलाई धेरै ठेस लाग्ने गर्दछः पुरुषहरु
आफैँलाई निकै कुल र कुनै कुराको टेन्सन नभएको जस्तो देखाउन चाहन्छन् ।
साधारणतया पुरुषहरुलाई जब कुनै कुराले दुखी बनाएको हुन्छ उनीहरु त्यसको
बारेमा सोचेर नबसी त्यसलाई छोडेर अगाडि बढ्ने गर्दछन् । तर यसको अर्थ यो
होइन कि उनीहरुलाई उक्त कुराले तनावमा पारेको हुँदैन । दुखी हुँदा उनीहरु
भित्र–भित्रै रुने गर्दछन् तर त्यसलाई आफ्नो अनुहारको हाउभाउमा व्यक्त हुन
दिँदैनन् । आफ्नो पिडा र दुःख उनीहरु आफूमा मात्र सिमित राख्न चाहन्छन् ।
२. पुरुषहरु पनि हुन्छन् भावुकः पुरुषहरु पनि निकै भावुक हुने गर्दछन् ।
उनीहरु आफ्नो आँसु लुकाउनमा निकै सिपालु हुने भएका कारण उनीहरु कहिले पनि
कसैको अगाडि रुँदैनन् विशेषगरि उनीहरु महिलाको अगाडि रुन चाँहदैनन् । तर
यदि उनीहरु कहिलेकाँही निकै भावुक भएर रोएको खण्डमा त्यसलाई कहिले पनि
हाँसोमा नउडाउनुहोला । तपाईंले उनको आँसुलाई हाँसोमा उडाउँदा एकछिन् उनीपनि
तपाईंसँगै हाँस्नुहोला तर उनीहरु कहिले पनि आफ्नो आँसु मजाक भएको हेर्न
चाहँदैनन् जसका कारण उनीहरुको मनमा तपाईंप्रति नकारात्मक भावना पैदा
हुनसक्छ । ३. महिलाहरुमाथि नियन्त्रणः पुरुषहरु चाहन्छन् कि महिलाहरु
उनीहरुको हरेक कुरा मानुन् । उनीहरुले चाहेको जस्तै व्यवहार गरुन् ।
उनीहरुलाई मनपर्ने –मननपर्ने कुराको बारेमा जानकार रहुन् । सबै मिलाएर
भन्ने हो भने पुरुषहरु महिलालाई आफ्नो गिरफ्तमा राख्न चाहन्छन् चाहे त्यो
बेडमा होस् वा अन्य कुनै व्यवहारिक जीवनमा । ४. भविष्यको चिन्ताः
पुरुषहरुलाई आफ्नो भविष्यको केहि पनि चिन्ता नभएको जस्तो देखिएता पनि
उनीहरु आफ्नो भविष्यको बारेमा निकै चिन्तित हुने गर्दछन् । उनीहरु
भित्र–भित्रै आफ्ना भावी योजनाहरुको बारेमा बिचार–बिमर्स गर्ने गर्दछन् ।
हुनसक्छ तपाईंको साथी पनि तपाईंलाई उनको भविष्यको सपनाको बारेमा केहि कुरा
भन्दैनन् किनभने उनी तपाईंसँग कसम खान डराउने गर्दछन् । कतै आफ्नो सपना
पूरा हुने हो कि होइन भन्ने विषयमा पुरुषहरु निकै डराउने गर्दछन् । ५.
पुरुषलाई चाहिन्छ स्पेसः पुरुषलाई आफ्नो स्वतन्त्रता निकै मनपर्छ । उनीहरु
केहि समय आफैँसँग बिताउन चाहन्छन् । आफ्नो पार्टनर एक्लै अर्को कोठामा
बसिरहेका छन् भने अन्यथा नसोची उनीहरुलाई केहि बेरको लागि एक्लै
छोडिदिनुहोस् । यसो गर्नाले दिनभरी थाकेका उनी आफै थकानमुक्त हुने गर्दछन् ।
६. गिफ्ट दिन कच्चाः कहिलेकाँही पुरुषहरुले महिलालाई जुन गिफ्ट
दिन्छन् त्यो निकै बोरिङ हुने गर्दछ । यस्तो लाग्छ कि उनले केहि बिचारै
नगरी यसलाई किनेका छन् तर यसको मतलब यो होइन कि उनले तपाईंलाई कम माया
गर्छन् । गिफ्टको बारेमा निर्णय लिन महिलाहरु पुरुषभन्दा निकै राम्रा
हुन्छन् । पुरुषहरु गिफ्टको बारेमा धेरै नसोची आफूलाई जे ठिक लाग्छ त्यहि
किन्ने गर्दछन् ।
No comments:
Post a Comment