Monday, August 27, 2012

अदुवा

अदुवा

आजको छलफलको बिषय छ, अदुवा । You can join with me
अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो । यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ । यसको गानो रेशादार हुन्छ । जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ । नेपाल मा सल्यानको अदुवा त्यस अर्थ मा उत्कृष्ट मानिन्छ ।
मुख्यतया मसलाका रुपमा प्रयोग हुने अदुवाले मानिसमा हुने ग्यास्ट्रिकमा कमि ल्याउँदछ भने यसले ग्यास्ट्रिकका कारणले भएको जलनलाई पनि हटाउँन मद्दत गर्छ । रिसर्चबाट पत्ता लगाए अनुसार अदुवा धेरै प्रकारका उपचारक गुणहरु बोकेको हुन्छ । यसले एन्टिअक्सिडेन्ट असर देखाउँछ भने यसले मानव शरिरमा जलन पैदा गर्ने पदार्थको उत्पादन पनि रोक्छ । त्यस्तै यसमा भएको गिगोंरोलका कारण अदुवालाई पोलेको ठाउँमा पनि प्रयोग गर्न सकिन्छ ।
गर्भवती महिलामा हुने वान्ताको समस्या हटाउँन पनि यसको प्रयोग गर्न सकिन्छ । त्यस्तै गाडीमा चढ्दा वान्ता हुनेहरुले वान्ता रोक्ने औषधीको साटो यसलाई प्रयोग गर्न सक्छन् । धेरै खोकी लागेको समयमा पोलेको अदुवाले फाइदा पु¥याउँछ ।
अदुवाको नियमित प्रयोगले ढाड दुख्ने तथा कम्मर दुख्ने रोगलाई घटाउँछ । यसका अतिरिक्त अदुवाको प्रयोगले धेरै प्रकारका क्यान्सरको संक्रमणबाट जोगाउँछ । साथै यसले शरिरमा रोग प्रतिरोधक क्षमता पनि बढाउँछ ।

इतिहास
दक्षिणपुर्वी एसियाका आदिवासीहरुले अदुवाको सवैभन्दा पहिले प्रयोग गरेको मानिन्छ । अझ पनि यो क्षेत्रमा अदुवालाई मुख्य मसलाका रुपमा प्रयोग गरिन्छ । यसलाई प्राचिनकाल देखि नै औषधीका रुपमा पनि प्रयोग गरिदै आइएको हो । त्यसपछि प्राचिन रोममा चीनबाट यसको आयात गरिन्थ्यो । त्यसपछि क्रमश यसको युरोपमा प्रयोग बढ्दै गएको देखिन्छ । यसका प्रमुख निर्यातकर्ता एसियाली मुलुक नै हुन् । नेपाल अदुवाको चौथो ठुलो उत्पादक हो ।

यौनको महत्व

यौनको महत्व

यौनको महत्व यहा किल्लिक गर्नु होस
यौन सम्पर्कको मर्म वा सही एवं ग्राहृय अर्थ हो प्रेम गर्नु, केही दिनु चाहनु विश्वास गर्नु एवं समर्पित हुनु । यसले वैवाहिक जीवनमा अन्तरंगताको भावना सञ्चार गर्छ नै, साथै दुई विपरीत लिङ्गीबीच आत्मीयता एवं प्रगाढता पनि बढाउँछ ।
विवाहपछि शारीरिक समपर्ण वा विलयले दुई अस्तित्वलाई जुन उचाइमा पुर्‍याउँछ, त्यो कुनै आध्यात्मिक अनुभूतिभन्दा कम हुंदैन । यसले विवाहित दम्पत्तीका सुमधुर सम्बन्धलाई सार्थकता प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । विवाह पश्चात् निष्ठा एवं प्रतिवद्धताको प्रमाण शारीरिक मिलनले दिन्छ । यो मिलनले दुवैलाई गहिराइमा जोड्छ । जीवनका अनेकन उतार चढावका बखत दुई क्लान्त शरीर एक अर्काको सामीप्यमा पुनर्जीवित हुन पुग्छन् ।
प्रेमविहीन यौन आचारणले विवाहित जीवनलाई खोक्रो तथा यान्त्रिक बनाई दिन्छन् । जवकि प्रेमपूर्ण यौन व्यवहारले पति पत्नी दुवैलाई एक अर्काप्रतिको विश्वास समर्पण तथा आकर्षणमा विश्वस्त बनाउंछ । दाम्पत्य जीवनमा यौन चाहना एक अर्काप्रतिको प्रेमको प्रतिक हो भने विश्वास एवं समर्पण पनि ।

यौन सम्पर्कले सामञ्जस्यता माग्छ । दुवैको स्वीकृति तथा चाहनाले नै यौन व्यवहारलाई सार्थक एवं सन्तोषजनक बनाउँछ । यस विषयमा उत्पन्न हुने विवाद, मतभेद, चाहनामा भिन्नता, यसको उद्देश्यप्रतिको फरक दृष्टिकोण आदि सबैले आनन्दमा अंकुश लगाउने कार्य गर्छ ।
लाज, उदासीनता, इच्छा समय, सन्तुष्टि आदिले यौन व्यवहारमा दम्पतीको संलग्नताले अहम् भूमिका खेल्ने भएकाले यसप्रति कुनै एकको उदासिनताले दाम्पत्य जीवन निमको पात सरह तीतो हुने सम्भावना रहन्छ । यौन व्यवहारमा संलग्न भएर मात्र पुग्दैन यसमा नवीनता एवं रोमाञ्चकता ल्याउने काममा पनि पत्नी दुवै उत्तिकै उत्साही तथा सहयोगी हुनु पनि आवश्यक छ ।

यस बाहेक उचित समय तथा दुवै जना चाहनाका सम्बन्धमा सचेत त हुनुपर्छ नै साथै एक अर्काको यौन सन्तुष्टि र तृप्तिका सम्बन्धमा पनि एक अर्कालाई सहयोग गर्नु पनि उत्तिकै आवश्यक छ । उल्लेखित तीन विषय मध्ये पनि यौन तृप्ति अत्यन्तै संवेदनशील हुने कुरा मनोचिकित्सकहरू बताउंछन् । कैयन अवस्थामा पति अलिक लोभी हुन्छन् । उनको शरीर, मन बारम्बार सहवासका लागि आतुर हुन्छ जुन कुरा पत्नीको लागि रुचिकर हुंदैन, किनकि यसका केही निश्चित सीमा र परिस्थिति हुन्छन् ।

घर गृहस्थीका साथै आफ्नो अनेक कामकाज, थकान एवं तनावको समयमा पतिको यौन व्यवहारप्रति उत्साहित गर्ने प्रयासले पत्नीलाई -कैयन अवस्थामा) प्रतिवाद गर्नै पर्ने स्थितिमा पुर्‍याउँछ, जसले दाम्पत्य जीवनमा कलह उत्पन्न हुन सक्छ । जसरी ताली कहिल्यै एउटा हातले बज्दैन त्यसरी नै त्यस्तो परिस्थितिलाई निम्त्याउन नदिन जहां पतिले धैर्यतालाई अंगाल्नु पर्छ त्यही पत्नीले समझदारीपूर्वक स्थितिलाई सम्हाल्नु पर्ने हुन्छ ।

यौन व्यवहारमा अर्को महत्वपूर्ण पक्ष हो, समय र इच्छा । कैयन अवस्थामा पतिसित समयको अभाव हुन्छ । बाहिरको सबै काम सकेर थकित अवस्थामा घर पुग्न, खाना खाई सुत्नु कतिपय लोग्ने मानिसको दिनचर्या बन्न पुग्छ । एकातिर पतिको दिनचर्या यसरी नै बित्छ भने अर्कातिर पत्नी आफ्नो पतिको सामीप्यताको ब्याकुलतामै रहन बाध्य हुन्छिन् ।
समयको कमीले नै अनिच्छालाई जन्म दिन्छ जसले गर्दा दाम्पत्य जीवनका दुव सहयात्रीले एक अर्काबाट प्रशस्तै गुनासा सुन्नु पर्ने हुन्छ । प्रसिद्ध अमेरिकी यौन विशेषज्ञ डा. एथनी ग्रगनीका अनुसार विवाह सुरक्षा सहयोग समर्पण एवं सेवा भावको जन्मदाता हो भने सहवास दाम्पत्य जीवनको त्यो समीप्यता हो जसले विवाहको उल्लेखित उद्देश्यलाई पूर्ति गर्छ । अतः यौनलाई दाम्पत्य जीवनको हरेक मोडमा सक्रिय एव. जीवित राख्नु आवश्यकता छ । पति पत्नीले आ-आफूलाई यौन आकर्षणबाट भरिपूर्ण राख्नु पर्दछ ।

सहवासको माध्यमबाट एक अर्काप्रतिको लगावलाई अभिव्यक्त पनि गर्नु पर्छ । पति पत्नीबीचको सही केमिस्ट्री भन्नु नै यौन सम्पर्क हो । कहिलेकाहीं यो केमिस्ट्रीमा केही गलत आचरण एवं सोचका कारण असर पुग्छ । त्यस्तो अवस्थामा आफ्नो संवेदनालाई उजागर गरी आफूमा परिपक्व सोचाइको विकास गर्न जान्नु पर्छ, जसले गर्दा दुवैको केमिस्ट्री पुनः जीवित होस् ।
सहवासका बखत शरीरले मात्र प्राथमिकता पाउनु उचित होइन । शरीरका साथै भावनालाई पनि उत्तेजित गर्ने प्रयास गर्नु पर्छ । आफ्ना लागि उनको अस्तित्व तथा सामीप्यताको महत्वलाई अभिव्यक्त गर्नु आवश्यक छ । घनिष्ठता उष्मा एवं नरमीलाई पनि सहवासको महत्वपूर्ण हिस्सा मानेर त्यसलाई कायम राख्नु पनि उत्तिकै आवश्यक छ । अनि मात्र यौन जीवन सुखद् हुन्छ, सम्बन्धको घनिष्ठता एवं सामीप्यतामा प्रगाढता आउँछ ।

यौन सम्पर्क एउटा ऐना हो जसमा पति पत्नीको मानसिक, आत्मिक, शारीरिक एवं हृदयको स्तर प्रतिविम्बित हुन्छ । यो ऐनालाई कुहिरोभित्र लुक्नबाट बचाउन पति पत्नी दुवैले यथासम्भव प्रयत्न गर्नु पर्छ । यौन सम्पर्कलाई उज्ज्वल, सुखद, सन्तुष्टिदायक एवं जादुयी बनाउनु पर्छ नकि समाधान गर्न नसकिने समस्या वा सुल्झाउन नसकिने गाँठो ।
मन पर्यो भने Share गर्नुहोस :

के तपाईलाई थाहा छ कागतीले के फाइदा गर्छ ?

के तपाईलाई थाहा छ कागतीले के फाइदा गर्छ ?








खाना, खाजा लगायतमा कागतीको उपयोग नगर्ने कमै होलानन् । यो विभिन्न आकार, वास्ना, स्वाद भएको थुप्रै प्रकारका पाइन्छन् ।
भिटामिन ‘सी’ युक्त कागती स्फुर्तीदायक र रोग निवारक फल हो । विभिन्न तथ्यपत्रहरू अनुसार कागती ऋतु अनुसार आफ्नो गुणमा परिवर्तन गर्छ र ऋतुको दोषको अनुकूल गुण उत्पन्न गर्छ । प्रत्येक प्रकारको कागतीमा साइटि्रक अम्ल र प्राकृतिक लवण -पोटास र फास्फोरस) मुख्य रूपमा हुन्छ । यो लवण रगतको अम्लतालाई हटाउँदै क्षारत्व दिन्छ र रगत शुद्घ गर्छ । सबै रोग हटाउन सहयोगी भएकोले कागतीलाई औषधि समेत मानिन्छ ।
कागतीमा भिटामिन ‘ए’ एक भाग भए भिटामी ‘बी’ दुई भाग र भिटामिन ‘सी’ तीन भाग हुन्छ । यसमा पोटेसिय, फलाम, म्याग्नेसियम, सोडियमभ, तामा, फास्फोरस, क्लोरिनको साथै प्रोटिन बोसो र कार्बोज पनि पर्याप्त मात्रामा हुन्छ ।
कागतीले यसले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुको साथै एन्टिआक्सिडेन्टको काम गर्छ र कोलेस्ट्रोल कम गर्छ । कागतीमा भएको भिटामिन ‘सी’ र पोटेसियम घुलनशील हुन्छ जसले बढी मात्रामा यसको सेवन समेत नोक्सानी पुर्‍याउँदैन ।
रक्तअल्पता पीडितहरूलाई समेत कागती फायदायी मानिन्छ । एउटा कागतीले दिनभरिको भिटामिन ‘सी’ को आवश्यकता पूर्ति गर्छ । आयुर्वेद अनुसार कागती अपच एवं पेटको अन्य बिकारमा उपयोगी मानिन्छ । यो स्कर्वी रोगको विशेष औषधि हो । स्कर्वी रोग भिटामिन ‘सी’ को कमीले हुन्छ । कागतीमा भने भिटामिन ‘सी’ प्रचुर हुन्छ ।
यसको उपयोग कब्जियत, रक्तचापको समस्या हटाउन सहयोगी हुन्छ । कागती छाला रोग, गिजा सुन्निनु, घाँटीको खसखस, टन्सिल रोगमा समेत लाभप्रद मानिन्छ । यो आँखा, कान रोगमा समेत फाइदा गर्छ । मुखको घाउ, डन्डिफेर, घाउ, दाँत एवं छाला रोगमा फाइदाकारी मानिन्छ ।
कागतीले काँचो वा पाकेको तरकारीको स्वाद बढाएर रुचिकर बनाउँछ । यसलाई केरा, स्याउको टुक्रामाथि हाल्दा रंग नबिग्रेर स्वाद समेत बढ्ने गरेको छ ।
कागतीले सौन्दर्य र घरको सोभा बढाउन्छ भन्ने कुरा पुराणमा उल्लेख गरिएको छ| यसमा प्रयाप्त मात्रामा भिटामिन सी पाइन्छ| सदै कागती खाने घरमा मानिस बिरामी हुदैनन भन्ने प्राचिन मान्यता छ| कागतीमा पाइने
अमिलो तत्व ले यसमा औसधिको गुण थपेको छ|
यसको प्रयोग विभिन्न रोगहरुमा गरिन्छ
  • वाकवाकी लागेमा: कागतीको टुक्रालाई काटेर नुनमा मिसाएर चाट्ने|
  • उच्च रक्तचाप: एक चम्चा लाइ एक कप पानीमा मिसाएर पिउने|
  • जन्डिस हुदा: कागतीक १० वटा जति पात पानीमा उमालेर पिउने|
  • घाटी दुखद: उमालेर पानीमा कागती र मह मिसाएर बिस्तारै पिउने|
  • मुख ग्न्हाउदा: कागतीको रस अलिकति पानीमा हालेर कुल्ला गर्ने|
  • दातबाट रगत आएमा: कागतीको बोक्रा सुकाएर पिस्ने ट अलिकति नुनमा मिसाएर दात माझ्ने|
  • चिसो लाग्दा: एक कप तातो पानीमा कागती निचोरेर एक चम्चा मह मिसाउने र बारम्बार पिउने|
  • लु लागेमा: दुइ चम्चा चिनी, आधा चम्चा नुन र तिन चम्चा कागतीको रस पानीमा मिलाएर पिउने|
  • जुम्रा पर्दा: दुइ चम्चा कागतीको रस र एक दुइ चम्चा लसुनको लेदो बनाएर ३-४ घन्टासम्म टाउकोमा लगाउने| कपालमा यो लेदोको मसाज गर्ने|
  • अपच भएका बेला: कागती र अदुवा साना टुक्रा पारेर नुनसंग मिसाएर खाने|
  • वाकवाक लागेमा: अलिकति जिर कागतीको रसमा भिजाउने| १२-१५ घण्टा भिजेपछि घाममा सुकाउने, सुकेपछि बोतलमा राखने, वाकवाक लाग्दा चपाउने अनि पानीले निल्ने|
स्रोत:केही घरेलु औसधिहरु डा.अरुणा उप्रेती, उद्रव पौडेल तथा अनलाइन श्रोत.
मन पर्यो भने Share गर्नुहोस :

Blood Group ले पनी तपाईको पोल खोल्न सक्छ

Blood Group ले पनी तपाईको पोल खोल्न सक्छ



________________________तपाईलाई आफ्नो कुनै साथीको मानिसको बानीको बारेमा थाहा पाउन चाहानु हुन्छ? यदी चाहानु हुन्छ भने तपाई आफ्नो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ। Japanese institute ले गरेको एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ।
Group O:-
संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने भएको अनुशन्धानको क्रममा पाईएको थियो।
Group A:-
यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensetive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन।
Group B:-
यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ।
Group AB:-
यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ।
मन पर्यो भने Share गर्नुहोस :

स्वस्थ रहने अचुक उपाय

स्वस्थ रहने अचुक उपाय