के तपाईलाई थाहा छ कागतीले के फाइदा गर्छ ?
खाना, खाजा लगायतमा कागतीको उपयोग नगर्ने कमै होलानन् । यो विभिन्न आकार, वास्ना, स्वाद भएको थुप्रै प्रकारका पाइन्छन् ।
कागतीमा
भिटामिन ‘ए’ एक भाग भए भिटामी ‘बी’ दुई भाग र भिटामिन ‘सी’ तीन भाग हुन्छ ।
यसमा पोटेसिय, फलाम, म्याग्नेसियम, सोडियमभ, तामा, फास्फोरस, क्लोरिनको
साथै प्रोटिन बोसो र कार्बोज पनि पर्याप्त मात्रामा हुन्छ ।
कागतीले यसले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुको साथै एन्टिआक्सिडेन्टको काम गर्छ र कोलेस्ट्रोल कम गर्छ । कागतीमा भएको भिटामिन ‘सी’ र पोटेसियम घुलनशील हुन्छ जसले बढी मात्रामा यसको सेवन समेत नोक्सानी पुर्याउँदैन ।
रक्तअल्पता
पीडितहरूलाई समेत कागती फायदायी मानिन्छ । एउटा कागतीले दिनभरिको भिटामिन
‘सी’ को आवश्यकता पूर्ति गर्छ । आयुर्वेद अनुसार कागती अपच एवं पेटको अन्य
बिकारमा उपयोगी मानिन्छ । यो स्कर्वी रोगको विशेष औषधि हो । स्कर्वी रोग
भिटामिन ‘सी’ को कमीले हुन्छ । कागतीमा भने भिटामिन ‘सी’ प्रचुर हुन्छ ।
यसको
उपयोग कब्जियत, रक्तचापको समस्या हटाउन सहयोगी हुन्छ । कागती छाला रोग,
गिजा सुन्निनु, घाँटीको खसखस, टन्सिल रोगमा समेत लाभप्रद मानिन्छ । यो
आँखा, कान रोगमा समेत फाइदा गर्छ । मुखको घाउ, डन्डिफेर, घाउ, दाँत एवं
छाला रोगमा फाइदाकारी मानिन्छ ।
कागतीले
काँचो वा पाकेको तरकारीको स्वाद बढाएर रुचिकर बनाउँछ । यसलाई केरा,
स्याउको टुक्रामाथि हाल्दा रंग नबिग्रेर स्वाद समेत बढ्ने गरेको छ ।
कागतीले
सौन्दर्य र घरको सोभा बढाउन्छ भन्ने कुरा पुराणमा उल्लेख गरिएको छ| यसमा
प्रयाप्त मात्रामा भिटामिन सी पाइन्छ| सदै कागती खाने घरमा मानिस बिरामी
हुदैनन भन्ने प्राचिन मान्यता छ| कागतीमा पाइने
अमिलो तत्व ले यसमा औसधिको गुण थपेको छ|
यसको प्रयोग विभिन्न रोगहरुमा गरिन्छ
- वाकवाकी लागेमा: कागतीको टुक्रालाई काटेर नुनमा मिसाएर चाट्ने|
- उच्च रक्तचाप: एक चम्चा लाइ एक कप पानीमा मिसाएर पिउने|
- जन्डिस हुदा: कागतीक १० वटा जति पात पानीमा उमालेर पिउने|
- घाटी दुखद: उमालेर पानीमा कागती र मह मिसाएर बिस्तारै पिउने|
- मुख ग्न्हाउदा: कागतीको रस अलिकति पानीमा हालेर कुल्ला गर्ने|
- दातबाट रगत आएमा: कागतीको बोक्रा सुकाएर पिस्ने ट अलिकति नुनमा मिसाएर दात माझ्ने|
- चिसो लाग्दा: एक कप तातो पानीमा कागती निचोरेर एक चम्चा मह मिसाउने र बारम्बार पिउने|
- लु लागेमा: दुइ चम्चा चिनी, आधा चम्चा नुन र तिन चम्चा कागतीको रस पानीमा मिलाएर पिउने|
- जुम्रा पर्दा: दुइ चम्चा कागतीको रस र एक दुइ चम्चा लसुनको लेदो बनाएर ३-४ घन्टासम्म टाउकोमा लगाउने| कपालमा यो लेदोको मसाज गर्ने|
- अपच भएका बेला: कागती र अदुवा साना टुक्रा पारेर नुनसंग मिसाएर खाने|
- वाकवाक लागेमा: अलिकति जिर कागतीको रसमा भिजाउने| १२-१५ घण्टा भिजेपछि घाममा सुकाउने, सुकेपछि बोतलमा राखने, वाकवाक लाग्दा चपाउने अनि पानीले निल्ने|
स्रोत:केही घरेलु औसधिहरु डा.अरुणा उप्रेती, उद्रव पौडेल तथा अनलाइन श्रोत.
No comments:
Post a Comment