Monday, August 27, 2012

अदुवा

अदुवा

आजको छलफलको बिषय छ, अदुवा । You can join with me
अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो । यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ । यसको गानो रेशादार हुन्छ । जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ । नेपाल मा सल्यानको अदुवा त्यस अर्थ मा उत्कृष्ट मानिन्छ ।
मुख्यतया मसलाका रुपमा प्रयोग हुने अदुवाले मानिसमा हुने ग्यास्ट्रिकमा कमि ल्याउँदछ भने यसले ग्यास्ट्रिकका कारणले भएको जलनलाई पनि हटाउँन मद्दत गर्छ । रिसर्चबाट पत्ता लगाए अनुसार अदुवा धेरै प्रकारका उपचारक गुणहरु बोकेको हुन्छ । यसले एन्टिअक्सिडेन्ट असर देखाउँछ भने यसले मानव शरिरमा जलन पैदा गर्ने पदार्थको उत्पादन पनि रोक्छ । त्यस्तै यसमा भएको गिगोंरोलका कारण अदुवालाई पोलेको ठाउँमा पनि प्रयोग गर्न सकिन्छ ।
गर्भवती महिलामा हुने वान्ताको समस्या हटाउँन पनि यसको प्रयोग गर्न सकिन्छ । त्यस्तै गाडीमा चढ्दा वान्ता हुनेहरुले वान्ता रोक्ने औषधीको साटो यसलाई प्रयोग गर्न सक्छन् । धेरै खोकी लागेको समयमा पोलेको अदुवाले फाइदा पु¥याउँछ ।
अदुवाको नियमित प्रयोगले ढाड दुख्ने तथा कम्मर दुख्ने रोगलाई घटाउँछ । यसका अतिरिक्त अदुवाको प्रयोगले धेरै प्रकारका क्यान्सरको संक्रमणबाट जोगाउँछ । साथै यसले शरिरमा रोग प्रतिरोधक क्षमता पनि बढाउँछ ।

इतिहास
दक्षिणपुर्वी एसियाका आदिवासीहरुले अदुवाको सवैभन्दा पहिले प्रयोग गरेको मानिन्छ । अझ पनि यो क्षेत्रमा अदुवालाई मुख्य मसलाका रुपमा प्रयोग गरिन्छ । यसलाई प्राचिनकाल देखि नै औषधीका रुपमा पनि प्रयोग गरिदै आइएको हो । त्यसपछि प्राचिन रोममा चीनबाट यसको आयात गरिन्थ्यो । त्यसपछि क्रमश यसको युरोपमा प्रयोग बढ्दै गएको देखिन्छ । यसका प्रमुख निर्यातकर्ता एसियाली मुलुक नै हुन् । नेपाल अदुवाको चौथो ठुलो उत्पादक हो ।

No comments:

Post a Comment